बिहिबार, चैत्र १५, २०८०

२४ जनामा कोभिड संक्रमण,५१ जना सङ्क्रमणमुक्त

काठमाडौं चैत २२,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जना र एन्टिजेन परीक्षण गर्दा ३ जना गरि २४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै, मन्त्रालयले वितेको २४ घण्टामा थप ५१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाउदै यसवीचमा संक्रमितको मृत्युदर शून्य रहेको जनाएको छ । साथै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ रहेको छभने १७ हजार ७५५ जनाले कोभिड विरुद्धको खोप लगाएको जानकारीदिएको छ।