मङ्लबार, बैशाख २५, २०८१

निर्वाचनमा गठवन्धनको विषयमा केन्द्रीय समितिको बैठकले नितिगत निर्णय गर्छ: महामन्त्री थापा

काठमाडौं फागुन २९,

प्रेस युनियन सुर्खेतले आइतवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै काँग्रेसका महामन्त्री गगन थापाले आगामी चैतको दोस्रो सातापछि मात्र निर्वाचनमा गठवन्धन गर्ने कि काँग्रेस एक्लै अघि बढ्ने बारेमा पार्टीले निर्णय गर्ने बताउनुभएको छ ।

त्यस्तै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा स्थानीय तहका मुद्दालाई प्राथमिकता साथ उठाउनुपर्नेमा जोड दिदै पार्टीभित्र निर्वाचनमा एक्लै जानुपर्छ भन्ने आवाज बुलन्द हुँदै आएको जनाउ सहित सरकार सञ्चालनको लागि हुने गठवन्धन र निर्वाचनका लागि हुने गठवन्धन फरकफरक विषय भएका कारण केन्द्रीय समितिको बैठकले यस विषयमा नितिगत निर्णय गर्ने बताउनुभयो ।

पछिल्लो समय संसदबाट एमसीसी संसदबाट पारित भएपछि एमसीसीको नाममा हुँदै आएको अराजनिति असफल भएको जिकिर गर्दै उहाँले पार्टीलाइ विधानसम्मत रुपमा सञ्चालन गर्दै भागबण्डाको राजनीति अन्त्य गर्ने आफ्नो प्रयासले सकारात्मक रुपमा अगाडी बढेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28