शुक्रबार, चैत्र १६, २०८०

६५ जनामा कोभिड संक्रमण ,१९२ जना सङ्क्रमणमुक्त

काठमाडौं फागुन २९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार ३०६ जनाको पिसीआर परीक्षण गर्दा ५९ जना र १ हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै थप १९२ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने देशभर कोभिड संक्रमणका सक्रिय सङ्क्रमितको ४ हजार ९१७ रहेको जनाएको छ ।