बिहिबार, बैशाख १३, २०८१

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ हुने

काठमाडौं फागुन २९,
नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

प्रेस युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गर्दै महाधिवेशन मूल आयोजक समिति संगै निर्वाचन समिति र अन्य विभिन्न छ समितिसमेत गठन गरेको छ ।

त्यस्तै बैठक पछि युनियन अध्यक्ष बद्री सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरुलाई हार्दिक आह्वान समेत गर्नुभएको छ ।