मङ्लबार, बैशाख १८, २०८१

१० हजार ७०३ जनामा कोभिड संक्रमण पुष्टि, ३को मृत्यु

काठमाडौं माघ ७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएकोछ । १८ हजार ६१८ जनाको पीसीआर परीक्षणको क्रममा आठ हजार ८१५ जनामा र ४ हजार ४७४ जनामा एन्टीजेन परीक्षणको क्रममा १ हजार ८८८ जनामा सङ्क्रमण पुष्टिभएसंगै उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा ७६६ जना संक्रमित कोभिड मुक्त भएको जनाउँदै यहि अवधिमा ३ जनाको मृत्यु भएको जनाएको छ भने मुलुकमा ६५ हजार ३७४ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएका छन् ।