शनिबार, बैशाख ८, २०८१

काँग्रेसको मधेश प्रदेशका ८ जिल्ला सहित १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं माघ ७ ,
मुलुकमा पछिल्लो समय बढ्दो कोभिड १९ को भयावह अवस्थालाई दृष्टिगत गर्दै नेपाली कांग्रेसले १४ औं महाधिवेशन अन्र्तगत १६ जिल्लाको हुन बाँकी जिल्ला अधिवेशन स्थगित गरेको छ । यसअघि आगामी माघ १५ गते सम्पन्न गर्ने गरि काँग्रेस केन्द्रीय निर्वाचन सममितले १६ जिल्ला समितिको निर्वाचन कार्यकतालिका तय गरेको थियो ।

यसअघि ६१ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेका काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज एक सूचना गर्दै अर्को सूचना जारी नहुन्जेल सम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो ।

काँग्रेसको मधेश प्रदेशका ८ जिल्ला सहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।  त्यस्तै जारी सूचनामा संक्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने समितिले जनाएको छ।