मङ्लबार, बैशाख १८, २०८१

आज मध्यरात्रीबाट अर्को सूचना जारी नभएसम्मका लागि पशुपतिनाथको मन्दिर बन्द

[फाइल फोटो]

काठमाडौं माघ ४ ,
कोभिड १९ को नयाँ भेरियन्ट ओमिकोन फैलिएसँगै पशुपतिनाथ मन्दिर बन्द हुने भएको छ । आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि बन्द हुने पशुपति क्षेत्र विकास कोषले आज एक सुचना जारी गर्दै जानकारी दिएको हो ।

कोषले जारी गरेको सूचनामम बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै आज राती १२:०० बजेदेखि अर्को सूचना नभएसम्म सर्वसाधारण लगायत श्रद्धालु भक्तजनका लागि बन्द रहने कोषका सदस्य सचिव डा। मिलन कुमार थापाद्वारा जारी सूचनामा उल्लेख छ ।

सर्वसाधारणका लागि बन्द रहे पनि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मठमन्दिरहरूमा परम्परागत नित्य पूजा भने निर्वाद सञ्चालने हने सूचनामा उल्लेख गरिएको छ।