बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा पुष्टि भएका संक्रमितको सूचाङ्क कहाली लाग्दो, एकैदिन थपिए ५५ सय ४९ संक्रमित

काठमाडौं माघ ४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार आज पहिचान भएका संक्रमितको सूचाङ्क हेर्ने हो भने काठमाडौं उपत्यका कोभिड संक्रमणको डरलाग्दो हटस्पट बनेको सहजै अनुमान गर्न सकिन्छ । मन्त्रालयका अनुसार आज पुष्टि भएका संक्रमित मध्ये ५ हजार पाँच सय ४९ जना उपत्यका भित्रै संक्रमति रहेको जनाएको छ।

जस अनुसार काठमाडौैंका ४ हजार ४ जना संक्रमित थपिएका छन भनेललितपुरका ९७५ तथा भक्तपुरका ५७० जना थपिएको मन्त्रालयले जनाएकोछ । त्यस्तै काठमाडौंका संक्रिय संक्रमितको सख्या १७ हजार ७०९ रहेको छ भने भक्तपुरका २ हजार ३९६ र ललितपुरका ४ हजार ४७१ संक्रमित रहेको अवस्था छ ।