शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा २७ बुँदे आदेश जारी [आदेशपत्र सहित]

काठमाडौं माघ ४ ,
पछिल्लो समय रफ्तारमा फैलिएको कोभिड महामारीको भयावह जोखिम सँगै काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले जोखिम न्यूनिकरणका लागि लागि २७ बुँदे आदेश जारी गरेका छन् ।

त्यस्ते जारी आदेशमा मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेश कार्यान्वयनका लागि २७ बुँदे आदेश जारी गरेको उल्लेख गर्दै जारी आदेश मंगलबार मध्यरातिदेखि लागू हुने जारी सूचनामा उल्लेख गरिएको छ ।

उपत्यकामा पछिल्लो कोभिड संक्रमितको सूचाङ्क अनुरुप काठमाडौं उपत्यका कोभिड संक्रमणको डरलाग्दो हटस्पट बन्दै गएको अवस्थाको विश्लेषण सहित प्रस्तुत आदेश जारी गरिएको हो ।

यसैवीच काठमाडौं जिल्ला प्रशासनको आज बसेको बैठकले नागरिकता नागरिकताको प्रतिलिपी नावालक परिचयपत्र, राहदानी लगायतका सेवा प्रवाह समेत स्थगन गरेको छ ।

त्यस्तै कोभिड संक्रमण जोखिम बढ्दै गएका कारण राहदानी वितरण स्थगित भएको छ । उपचार गर्न जाने विदेशमा जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि भने राहदानी दिइने राहदानी विभागले जनाएको छ ।

विभागले यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ ।