बुधबार, बैशाख २६, २०८१

मप बैठक: प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारत भ्रमणमा जानुहुने

काठमाडौं पुस २१ ,
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको छ । प्रम देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन पुस २५ गते भारत भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्री देउवाको ४ दिने भारत भ्रमणका क्रममा उहाले भारतीय समकक्षी नरेन्द्र मोदी लगायतका अन्य नेताहरुसंग समेत भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ।

त्यस्तै आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। यसअघिका प्रमुखमा गणेश अधिकारीको ३ वर्षे कार्यकाल समाप्त भएपछि रिक्त पदमा खरेललाइ नियुक्त गरेको हो ।

त्यस्तै बैठकले युवा परिषद्को केन्द्रीय उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाइ नियुक्त गरेका छन भने भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने पाँच वर्षे सम्झौता गर्ने  निर्णय समेत गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31