शुक्रबार, चैत्र १६, २०८०

मप बैठकको १४ बुँदे निर्णय : एसिड आक्रमणमा परेकी किशोरी मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता

काठमाडौं पुस २२,
बुधवार बसेको मन्त्रिपरिषद बैठकमा विभिन्न मन्त्रालयको प्रस्ताव अन्र्तगत १४ बुँदे निर्णय भएका छन । यहि क्रममा गृहमन्त्रालयको प्रस्तावमा सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ ।

मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको हो । त्यतै बैठकले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय समेत गरेको छभने प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको प्रस्तावमा निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ विघा जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्ते सञ्चारमन्त्रालयो प्रस्तावमा सरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय संगै गोरखापत्र दैनिकको गादाम भवन निर्माणको लागि जग्गा प्राप्त गर्न स्वीकृति पदने निर्णय संगै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा गर्ने निर्ण समेत गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। यसअघिका प्रमुखमा गणेश अधिकारीको ३ वर्षे कार्यकाल समाप्त भएपछि रिक्त पदमा खरेललाइ नियुक्त गरेको हो ।

त्यस्तै गरि बैठकले युवा परिषद्को केन्द्रीय उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाइ नियुक्त गरेका छन भने भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने पाँच वर्षे सम्झौता गर्ने निर्णय गरेको छ।