शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा बढ्यो कोभिड संक्रमित,काठमाडौंमा मात्रै २०९ को पहिचान

काठमाडौं पुस २१ ,
स्वास्थ्य मन्त्रालयले आजको कोभिड मिडिया ब्रिफिङ मार्फत बुधबार पुष्टि भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय ५३ जना रहेको जनाएके छ। त्यस्तै मन्त्रालयले यसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लमा मात्रै २०९ जना संक्रमित पुष्टि भएको जानकरी दिनुको अलावा ललितपुरमा २६ र भक्तपुरमा १८ जना संक्रमित पहिचान भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले पछिल्लो समय बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै स्मार्ट लकडाउनको संभावना बढ्दो रहेको प्रति संकेत गर्दै अस्पतालमा बेडको स्थितीबारे रिर्पोटिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइएको जानकारी दिएका छन ।

तयसअर्थमा पनि स्मार्ट लकडाउनको अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिदै मन्त्रालयका प्रवक्ता संगीता कौशल मिश्राले सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले तयारी सुरु गरेको समेत बताउँदै नेपालमा अहिलेसम्म ओमिक्रोनका ३ वटा केस पुष्टि भएको जानकारी दिइन ।