सोमवार, बैशाख २४, २०८१

बिहीबार थप २ सय ४१ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं पुस १५ ,
स्वास्थ्य मन्त्रालयले नेपालमा बिहीबार थप २ सय ४१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जना गरि उललेखित सख्यामा संक्रमितको पुष्टि भएको हो ।  त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्‍यु शून्‍य भएको जनाउदै यसवीचमा थप २२८ जना संक्रमित संक्रमणमुक्त भएको जनाएकोछ ।

समग्रमा आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको सख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ भने संक्रमण मुक्त हुुनेका सख्या ८ लाख ११ हजार ७४६ पुगेको छ । त्यस्तै संक्रमणका मृत्यु हुनेका सख्या ११ हजार ५९० जना पुगको जनाएकोछ ।

त्यस्तै पछिल्लोसमय देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेको र यसमध्ये ८३ जना आईसीयू र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेो जनाएको छ। साथै पछिल्लो डेटा अनसार नेपालमा कोभिड विरुद्धको खोप २ करोड ४२ लाख ८२ हजार ३६० जनाले लगाइसकिएको जनाउदै मन्त्रालयले यसमध्ये १ करोड ३ लाख १० हजार ६९२ जनाले पूर्ण मात्रा र १ करोड ३९ लाख ७१ हजार ६६८ जनाले एक मात्रा खोप लगाएको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930