मङ्लबार, बैशाख २५, २०८१

सिरहामा दुई दिने निषेधाज्ञा जारी

काठमाडौ पुस १३,

जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पी।के।राज इन्टरप्राइजेज [पेट्रोल पम्पसम्म] ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी भएको प्रशासनद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा सीके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेसँगै यसबाट आम सर्वसाधारणलाइ पर्न सक्ने संभावित जोखिमलाइ दृष्टिगत गर्दै यी क्षेत्रमा निषेधाज्ञा जारी गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तिमा यो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने विज्ञप्तीमा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

स्मरण रहोस जनमत पार्टीले औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका ७ बुँदे आफ्ना मागका सम्बन्धमा प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो । त्यस्ते यसवीचम सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार १६ वटा सवारी साधन तोडफोड गरेका छन भने एउटा ट्रकमा आगजनीसमेत गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930