बुधबार, बैशाख २६, २०८१

काँग्रेसको एकदर्जन भन्दा बढि जिल्लामा पुस २७ मा अधिवेशन हुँने

काठमाडौं पुस १२,
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन महाधिवेशन अन्र्तगत निर्वाचन हुँन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन आगामी पुस २७ गते गर्ने भएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको काँग्रेस बैठकले जिल्ला अधिवेशन हुँन बाँकी जिल्ला समितिको निर्वाचनको लागि मिति तय गरेको हो ।

त्यस्तै बैठक पछि समितिले जारी गरेको विज्ञप्तिमा महाधिवेशन अघि उल्लेखित जिल्लामा सिर्जित विवादका कारण जिल्ला अधिवेशन हुन नसकेको जनाउ सहित आगामी पुस २७ गते बाँकी सवै जिल्लमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्ने भएको हो ।