बुधबार, बैशाख १२, २०८१

सक्रिय कोभिड संक्रमित मध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा

काठमाडौं पुस १२,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर थप २७१ जनामा कोभिड  संक्रमण पुष्टि भएको जनाएकोछ । मन्त्रालयले १० हजार ८८६ जनाको पीसीआर परीक्षणको क्रममा २५१ र एन्टिजेन परीक्षणको क्रममा २० जनामा गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा २२५ जना संक्रमित कोभिड मुक्त भएकोजनाउदै यहि अवधीमा थप १ जनाको मृत्यु भएको जानकारी  दिएको छ। साथै पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको  जानकारी  दिदै  यसमध्ये ७८ जनाको आईसीयू र २३ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।