शुक्रबार, बैशाख ७, २०८१

ललिता निवास जग्गा प्रकरणमा सीआईबीको तदारुकता, जग्गा हिनामिना गर्ने नयाँ चरित्र पक्राउको लागि पुर्जी जारी

काठमाडौ पुस १३,
बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा नयाँ श्रृखलाको खुलासा भएको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धानको हदम्याद सकिन केहि सातामात्र बाँकी रहेको समयसिमालाइ दृष्टिगत गर्दै सीआईबीले कारवाही प्रकियालाइ तिव्रता दिएसंगै प्रस्तुत प्रकरणमा नयाँ श्रृखलाको खुलासा भएको हो ।

त्यस्तै केहि दिन अघि नेपाल प्रकरीको सीआईबी ले ललिता निवास प्रकरणमा जोडिएका विचौलिया सुवेदी दम्पतिलाइ पक्राउ गरेपछि निजहरुसंगको बयानका क्रममा २९९ रोपनी जग्गामध्ये १४६ रोपनी जग्गा किर्ते कागजातका आधारमा व्यक्तिको नाममा नामसारी गर्ने जग्गा हिनामिनामा जोडिएका नयाँ चरित्रको एक पछि अर्को गर्दै पहिचान खुल्ने क्रमको शुरुवात भएको प्रहरीले जनाएको छ।

त्यस्तै पछिल्लो समय यस प्रकरणा जोडिएका व्यक्तिकोहो भने जानकारी सार्वजनिक नगरिएपनि निजहरुको पक्राउका लागि पक्राउ पुर्जी जारी भइसकेको र एकाध दिनमानै ती व्यक्ति समेत प्रहरीको हिरासतमा हुने दावी प्रहरीले गरेका छन ।  पछिल्लो समय प्रहरीले सुवेदी दम्पति र यसअघि पत्र,ाउ परेका शोभाकान्त ढकालसँगको बयान लिने क्रमलाइ तिव्रता दिएका छन ।

सीआईबीले निजहरुसंगको वयान लिने क्रममा ललिता निवासको २३ रोपनी जग्गा श्रीमती माधवी सुवेदी सहित चार छोरी र दुई छोरा गरी सात जनाको नाममा नामसारी गरेको समेत खुलासा भएको जनाउदै प्रस्तुत प्रकरणमा पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलगायतसँग बयान लिने तयारी समेत भएको जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930