मङ्लबार, बैशाख १८, २०८१

कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन र इतर समूहवीच प्यानलसहित चुनावी प्रतिस्पर्धा हुँदै

काठमाडौं पुस ७,
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेनिर्वाचन मार्फत नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन समतिका अनुसार निर्वाचनका लागि संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वको प्यानलको उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ।

प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।