बुधबार, बैशाख २६, २०८१

मन्त्रीको निर्देशनसंगै निम्‍न माध्यामिक तहमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान

काठमाडौं पुस ७,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएनुरुप शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरेको हो ।

सोमबार मन्त्री पौडेल आयोगका पदाधिकारीवीच भएको छलफलको क्रममा शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली केही दिनअघि मन्त्रिपरिषद्बाट पारित भएको जानाकरी सहति निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो ।

आयोगले रिक्त शिक्षक दरबन्दीको आव्हान गरेको विज्ञापन अनुरुप पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको छ । त्यस्तै परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने जनाउदै आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर सोही अनुसार विज्ञापन खुला गरिएको जनाएको छ।