शुक्रबार, बैशाख १४, २०८१

आगामी २०७९ वैशाख ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग

काठमाडौं पुस ७ ,
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठीलाइ सम्बोधन गर्दै आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग लागि परेको बताउनुभएकोछ ।

मौजुदा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सहिदै गर्दाको अवस्थालाइ दृष्टिगत गर्दै आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी सहित निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगको तयारी रहेको बताउनुएको हो ।