मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस सभापतिको दोस्रो चरणको मतगणना राति १० बजेबाट, पहिलो चरणमा भन्दा ११५ कम मत खस्यो

काठमाडौं मंसिर २८,
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वको लागि आज भएको दोस्रो चरणको निर्वाचनमा कुल ४५६४ मत खसेको छ । यो मत सख्या पहिलो चरणको निर्वाचनको तुलनामा ११५ कम मत सख्याा हो ।

यसअघि पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेको थियो । निर्वाचन समितिले केहीबेरमै मतगणना सुरु गर्ने जनाएको छ । दोस्रो चरणको लागि सभापतिमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच चुनावी प्रतिष्पर्धा भएको हो । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए ।

सोमवार भएको पार्टी सभापतिको निर्वाचनमा तेस्रो स्थान हासिल गर्नुभएको नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने बताउनुभएको छ ।

काँग्रेसको पहिलो चरणमा प्रथम स्थान प्राप्त गर्नुभएका प्रधानमन्त्री देउवा र नेता सिंहवीच आज क्षेत्रपाटीस्थित सिंह निवास चाक्सिबारीमा भएको छलफलको क्रममा उहाँ हरुवीच राजनैतिक लेनदेनको सहमति भएसंगै नेता सिंहले सभापति देउवालाइ समर्थन गर्ने जनाउ दिनुभएको स्रोतको दावी रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930