मङ्लबार, बैशाख २५, २०८१

२४६ जना कोभिड संक्रमितको पहिचान हुँदै गर्दा ३४७ जना संक्रमण मुक्त

काठमाडौं मंसिर १७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २४६ जना कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। विभिन्न प्रयोगशालामा पीसीआर एन्टीजेन गरि कुल ७ हजार ८ सय ३६ जनामा कोभिड परीक्षण गर्दा उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो ।

यसैगरी, मन्त्रालयले पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमित कोभिड मुक्त भएको जानकारी सहित वितेको २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभएको जनाएको छ । यद्यपी नेपालमा संक्रमणकाकारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

साथै देशभर पछिल्लो समय छ हजार ९२१ जनामा सक्रिय सङ्क्रमण रहेको वितेको २४ घण्टामा १ लाख ७५ हजार ५६७ जनाले कोभिड विरुद्धको खोप लगाएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930