बिहिबार, बैशाख ६, २०८१

स्थानीय तहको निर्वाचन लक्षित तयारी गर्न नेता कार्यकर्तालाई प्रम देउवाको निर्देशन

काठमाडौं मंसिर १७,
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् । प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर तयारी गर्न निर्देशन दिनुभएो हो ।

सभापति देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी सहित सभालाइ भर्चुअलरुपमा सम्बोधन गर्ने क्रममा भने ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ त्यसअर्थमा हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ ।