बिहिबार, बैशाख ६, २०८१

प्रतिस्प्रर्धात्मक चुनावी माऔल सहित कांग्रेसले आज ६ प्रादेशिक नयाँ नेतृत्व पाउँदै

काठमाडौं मंसिर १८,

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मुलुक संघीयतामा गएपछि पहिलो पटक आज प्रदेश न २ वाहेक बाँकी ६ वटा प्रदेश क्रमस प्रदेश न १, बाग्मती प्रदेश गण्डकी प्रदेश , लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको अधिवेशनमा निर्वाचन हुँदैछ । गत बिहीबारदेखि जारी अधिवेशनमा आज मतदान हुन लागेको हो । आज हुने र्निाचनसंगै ६ प्रदेशले काँग्रेसको नयाँ निर्वाचित नेतृत्व पाउँने छन । प्रदेश २ मा भने आइतवारमात्र निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे वीच प्रतिस्पर्धा हुँदै छ भने प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै बागमती प्रदेशको सभापति पदका लागि देउवा समूहबाट प्रदेशको काँग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँले । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट  जगदीश्वर नरसिंह केसी र कृष्ण प्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधान गरि ३ जनाले उम्मेदवारी दर्ता दर्ता गराएका छन् ।त्यस्तै गण्डकी प्रदेशको सभापतिका शुक्रराज शर्मा र अर्जुन जोशीवीच प्रतिस्प्रर्धा हुने भएको छ।

त्यस्तै कर्णाली प्रदेश सभापतिका लागि ३ जना उम्मेदवार क्रमस ललितजङ्ग शाही, भुपेन्द्रजङ्ग शाही र मोतिराज बमवीच प्रतीस्प्रर्धा हुने भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सभपति पदका लागि संस्थापन समूहबाट वीरबहादुर बलायर नेतृत्वको प्यानल र इतर समूहबाट नारायण मिश्र समूहको प्यानल वीच प्रतिस्प्रर्धा हुने भएको छ। मुलुकको ७ प्रदेश मध्ये त्रिपक्षिय भिडन्तको माहौल बनेको बाग्मती प्रदेश र कर्णाली प्रदेशको चुनावी अधिवेशन भने आफैमा रोचक हुने देखिएको छ।