मङ्लबार, बैशाख १८, २०८१

बर्दियाको ठाकुरद्दारा मन्दिरमा पञ्चगव्य अनुसन्धान केन्द्र स्थापना हुँदै

काठमाडौं मंसिर २,
विश्व हिन्दू युवा सङ्घको आयोजनामा आगामी शनिवार बर्दियाको ठाकुरद्दारा मन्दिर पञ्चगव्य अनुसन्धान केन्द्रको शिलान्यास गरिने भएको छ । सङ्घका धार्मिक सद्भावना दुत योगी पिताम्वरको अग्रसरतामा नेपाल सरकारका रक्षा मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा हुने औपचारिक कार्यक्रम मार्फत अनुसन्धान केन्द्रको शिलान्यास गरिने विश्व हिन्दू युवा सङ्घका अभ्यक्ष ऋृषिकेशजङ्ग शाहले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जनाउ दिदै नेपालमा पञ्चगव्य अनुसन्धान केन्द्रको औपचारिक शुभारम्भसंगै आगामी एक वर्षमा चिकित्सक तयार गर्नुका अलावा पञ्चगव्य चिकित्सालाई देशैभरका सहर तथा गाउँहरुमा स्थापना गर्ने उद्देश्य रहेको बताउनुभएको छ ।