शनिबार, बैशाख ८, २०८१

सर्वोच्चको फूलकोर्ट द्वारा मौजुदा नियमावली संशोधन, गोला प्रणालीसहितको नियमावली पारित

काठमाडौं मंसिर २,
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित १९ जना न्यायाधीशको आजको पूर्ण बैठकले गोला प्रक्रियासहितको नियमावली र गोला प्रणालीको कार्यविधि बनाउने निर्णय गरेको छ । यसअघि सर्वोच्चको नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था संशोधन गरेर ‘गोला प्रणालीबाट मुद्दा कार्यविधि तय गरेको हो ।

त्यस्तै पारित गरेको कार्यविधि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापनका मार्ग प्रसस्त हुने भएको छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनरत र नेपाल बार एशोसिएसनले उठान गर्दै आएको न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनको कार्यान्वयको माग मध्ये सोहि प्रतिवेदनमा समेत उल्लेख भएको प्रस्तुत गोला प्रणालीकार्यविधि कार्यान्वयन गर्ने १९ जना न्यायाधीशको पूर्ण बैठकले निर्णय गरेको हो । गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै प्रस्तुत कार्यविधि पारित भएसंगै शुक्रवारबाट १९ जना न्यायाधीशहरूले कानुन व्यवसायी नचहिने खालका निवेदनहरूसँग सम्बन्धित सबै मुद्दामा सुनुवाइ गर्ने भएका छन ।