बुधबार, बैशाख १२, २०८१

बिहीबार थप २९९ जनामा कोभिड संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौँ मंसिर २,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार थप २९९ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ८६३ पिसिआर परीक्षणका क्रममा २७२ जना र ३ हजार २८८ एन्टिजेन परीक्षणका क्रममा २७ जनामा संक्रमण पुष्टि भएसंगै उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको  हो ।

त्यस्तै यसवीचमा थप २६० संक्रमित कोभिड मुक्त भएका छन भने थप ६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ४ सय ८९ पुगेको छ । यसैगरी देशमा हालसम्म सात हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।