मङ्लबार, बैशाख २५, २०८१

महामन्त्री कोइरालाको अभिव्यक्ति हतास मानसिकताको उपज: नेता सिंह

महामन्त्री कोइरालालाइ नेता सिंहको सुझाव व्यक्ति विरुद्ध यो वा त्यो भन्दै टिप्पणी गर्नुपूर्व आफ्नो धरातलको हेक्का राखौं

काठमाडौं मंसिर १,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी महामन्त्री शशांक कोइरालाले अभिव्यक्ति दम्भको उपज भएको बताउनुभएको छ । विराटनगरमा आज गणेशमान सिंह स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा वोल्दै नेता सिंहले पार्टी महामन्त्री कोइरालाले प्रकाशमान सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने भनी दिएको अभिव्यक्तिप्रति केन्द्रीत हुँदै भने तत्कालीन पार्टीसभापतिद्दय गिरिजाप्रसाद कोइरालाको कार्यकालमा उपसभापति, सुशील कोइराला नेतृत्वको केन्द्रीय समितिमा निर्वाचित महामन्त्रीको जिम्मेवारीमा रहेर सफलता पूर्वक कार्य सम्पादन गरेको व्यक्ति विरुद्ध यो वा त्यो भन्दै टिप्पणी गर्नुपूर्व  सरल र सहज रुपमा आफ्नो धरातलको मापन गर्न  सुझाव दिएका छन ।

त्यस्तै उहाँले महामन्त्री डा। कोइरालाको अभिव्यक्ति प्रति आक्रोश समेत व्यक्त गर्दै कोइरालाले कुनै पदमा बसेर जिम्मेवारी पूर्वक काम नगरेको अनुभवहिन भएको आरोप लगाउँदै आफ्नो केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा र बन्दै गरेको महौलबाट अत्तालिएर महामन्त्री कोइरालाले यस्तो तल्लो स्तरको अभिव्यक्ति दिएको   बताए ।

साथै उहँँले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको जिकिर गर्दै विगतमा पनि यस्तै किसिमको कुप्रचार गर्ने काम भएको र यो केवल हतास मानसिकताको उपज भएको बतानुभएको छ । साथै उहाँले महामन्त्ती कोइरालालाइ १२औं महाधिवेशन मार्फत निर्वाचित सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको समय स्मरण गर्न र कोहि कसैको व्यक्तित्व माथि टिप्पणाी गर्नुपूर्व व्यक्तिको धरातल बुझ्न आग्रह गर्दै पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको दस्तावेज स्रमण गर्न आग्रह गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031