शनिबार, बैशाख ८, २०८१

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोभिड सङ्क्रण , २०२ जना डिस्चार्ज

काठमाडौं मंसिर १,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४१२ जनामा कोभिड सङ्क्रण देखिएको जनाएको छ । देशभरका विभिन्न् प्रयोगशालामा दश हजार १०६ जनामा पीसीआर परीक्षण गरिएकोमा ३६३ र एक हजार ८८७ जनामा एन्टीजेन परीक्षणको क्रममा ४९ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले यसवीचमा २०२ जना संक्रमण मुक्त भएको जानकारीदिएको छ भने सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । आज पुष्टि भएको मृतकसंगे कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । त्यस्तै देशमा ७ हजार ६३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।