बिहिबार, बैशाख १३, २०८१

प्रन्या जबरालाइ शुक्रवार ३ बजेसम्म राजीनामा दिन बारको अल्टिमेटम

प्रदर्शनको कममा दंगा प्रहरीको हस्तक्षेप , दर्जनौ प्रदर्शनकारी घाइते

काठमाडौँ मंसिर २,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको एकसूत्रीय माग सहित आन्दोलित नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई शुक्रवार ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा धर्ना सहितको प्रदर्शनमा रहेका बारले आज आयोजित पत्रकार सम्मेलनमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ ।

आज पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत प्रदर्शनमा रहेका बार पदाधिकारी सहितका कानुन व्यवसायी माथि दंगा प्रहरीको हस्तक्षेप भएसंगै आयोजित पत्रकार सम्म्ेलनमा उहाँले यस्तो अभिव्यक्ति दिएको हो ।

त्यस्तै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने काम प्रधानन्यायाधीशको निर्देशनमा शान्तिपूर्ण धर्नामा प्रहरी अस्तक्षेपको निर्देशन दिएका आरोप लगाउँदै प्रहरीको हस्तक्षेपका कारण भएको झडपमा अध्यक्ष श्रेष्ठ केन्द्रीय सदस्य प्रकाश महर्जन ,सविता भण्डारी, कपिलचन्द्र पोखरेल ऋषिराम घिमिरे ,नितेश श्रेष्ठ रमणलाल कर्ण, गोपाल सापकोटा लगायतका दर्जनौ अधिवक्ता हरु घाइते भएको वारको विज्ञप्तिमा उल्लेख गरिएको छ ।