मङ्लबार, बैशाख २५, २०८१

जनगणनालाई राष्ट्रव्यापी कार्यक्रमका रुपमा सफल तुल्याउन राष्ट्रपतिको आव्हान

काठमाडौं कात्तिक २५,

आजदेखि १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि प्रारम्भ भएको राष्ट्रिय जनगणना २०७८ को सफलताको कामना गर्दै यथार्थ विवराण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक संघसंस्था एवम् सम्बद्ध सबैमा आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको राष्ट्रिय जनगणना शुभारम्भ सन्देशमा राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

“ठुलो परिमाणमा स्रोत, साधन तथा जनशक्तिको प्रयोग हुने र तयारीका लागि समेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रुपमा सफल तुल्याउनुपर्दछ,” राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।

आजदेखि सुरु भइ आगामी मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न केन्द्रीय तथ्थाङ्क विभागले मुलुकभरि ४० हजार जनगणक खटाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031