बुधबार, बैशाख १२, २०८१

आजदेखि १२ औं राष्ट्रिय जनगणना प्रारम्भ , जनगणनाका लागि ४० हजार गणक फिल्डमा

काठमाडौं कात्तिक २५ ,

आजदेखि १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनाका लागि ४० हजार जन गणक फिल्डमा खटिदै गरेको जानकारी दिदै गणकले हरेक घर, परिवारको घर दैलोमा पुगेर सोध्ने कुल ८० वटा प्रश्नको जवाफ दिदै सहजीकरण गर्न सवै नागरिकमा आग्रह समेत गरेको छ ।

त्यस्तै विभागले देशभर ८५०० जना सुपरीवेक्षक खटिएको जानकारी दिदै जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग गर्ने र जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गरेका छन ।