आइतवार, बैशाख १६, २०८१

सामुदायिक भवन पुनः निर्माण कार्य सुसम्पन्न , स्थानीयले देखाएको सक्रियताको प्रशंसा

काठमाडौं कात्तिक १३,
काठमाडौं महानगरपालिका वडा नं १९ स्थित पुर्ननिर्मित इन्द्र सभा सामुदायिक भवनको आज एक कार्यक्रमकावीच उद्घाटन गरिएको छ । काठमाडौं क्षेत्र न. ८ बाट प्रतिनिधि सभा सदस्य रहेको सासंद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विसलाखको लागतमा इन्द्र सभा सामुदायिक भवन पुनः निर्माण कार्य सुसम्पन्न गरिएको हो ।

सामुदायिक भवनको उद्घाटन गर्दै संसद सदस्य श्रेष्ठले स्थानीय जनसमुदायको माग अनुसार पुर्ननिर्माण गरिएको भवन निर्माणमा स्थानीय जनताले देखाएको सक्रियताको प्रशंसा गर्दै पुनः निर्माण कार्यमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न सबै जनसमुदायलाई धन्यवाद दिनुभयो।