शुक्रबार, बैशाख १४, २०८१

प्रधानन्यायाधीश जबराविरुद्ध बारले आजदेखि हातमा कालो पट्टी बाँधेर चरणबद्ध आन्दोलनको विकुल फुके

काठमाडौं कात्तिक १४,
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आजदेखि चरणबद्ध आन्दोलनको विकुल फुकेका छन । यसक्रममा आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रमको आयोजना सहित प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै कानुन व्यवसायीले हातमा कालो पट्टी बाँधेर विरोध गरेको छ। बारको निर्णय अनुसार कार्तिक १४, १५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने रहेको छ ।

त्यस्तै घोषित आन्दोलनका अन्य कार्यक्रममा १६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभाको आयोजना संगै न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयका बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने गर्दै नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवहरूसँग भर्चुअल मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने कार्यक्रम तय गरेका छन । साथै यसवीचमा राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने तयारी रहेको वारले जनाएको छ ।

प्रन्या राणाले आफ्ना जेठान गजेन्द्र हमाललाइ मन्त्री बनाउन वर्तमान गठबन्धन सरकारमा ‘भाग खोजेको चर्चा शुरु भएसंगै उनिविरुद्ध सर्वत्र आलोचना शुरु भएको हो । यसवीचमा नै प्रधानन्यायाधीश जबराको विरोध सुरु भएका कारण उद्योगमन्त्री पदमा नियुक्ति पाएको ३ दिनमै गजेन्द्र हमालले राजीनामा दिनु परेको थियो । तर पनि प्रधानन्यायाधीशको विरोध रोकिएको छैन। यसबाहेक अदालतभित्र अनियमितताका अन्य आरोपहरु पनि प्रधानन्यायाधीशविरुद्ध लगाइएका छन ।

यसैवीच आज नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजिनामा दिनु पर्ने मागसंगै न्यायालयभित्रको विकृति, विसंगति, भ्रष्ट्राचार विरुद्ध घोषित आन्दोलन कार्यान्वयन गरेको छ । आन्दोलनको क्रममा बार परिसरमा वकिलहरु जम्मा भएर हातमा कालोपट्टी नारावाजी गर्दै गरेको छ भने बार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।