मङ्लबार, बैशाख १८, २०८१

बालबालिकासंग अप्राकृतिक मैथुन तथा यौनजन्य गतिविधि गर्दै गरेका रोबर्ट किन्कले पक्राउ

काठमाडौं कात्तिक ७,
विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गर्नुका साथै बालकहरुको उद्दार गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।