बिहिबार, बैशाख १३, २०८१

महाधिवेशनको मिति सार्दै पार्टीलाइ अनिर्णयको बन्दी बनाउने फोहरी खेल नेतृत्वको असक्षमता : नेता सिंह

काठमाडौं कात्तिक ७,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्व निर्धारित मंसिर ९ देखि १३ मै महाधिवेशन हुनु पर्ने बताउनुभएको छ । अब कुनै पनि वहानामा महाधिवेशनको मिति सार्ने काम किमार्थ स्वीकार्य नहुने भन्दै उहाँले महाधिवेशन सार्नकै लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको पक्षप्रति संकेत गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

काँग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै यो वा त्यो नाममा महाधिवेशनको मिति सार्दै पार्टीलाइ अनिर्णयको बन्दी बनाउने फोहरी खेलामा पार्टी नेतृत्व लागिपरेको भन्दै मिति सार्नकै लागि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै राख्नु नेतृत्वको असक्षमता संगै नियोजित खेल भएको जिकिर समेत गर्नुभएको छ।

त्यस्तै उहाँले महाधिवेशन सार्ने फोहोरी खेलमा पार्टी नेतृत्व लागिपरेको आरोप पनि लगाएका छन्। कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको भन्दै अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद सुल्झाउँनुको अलावा झन बढाउँने काम भएको समेत बताउनुभयो ।

त्यस्तै उहाँले असक्षम नेतृत्वको कारण पार्टीको अवस्था दिनानुदिन विग्रेकाका कारण पार्टीलाइ जन उत्तरदायि र जवाफदेही बनाउनुको अवाला संगठनलाइ चुस्तर दुरुस्त राख्न आफूले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने र त्यसका लागि तयारी भइरहेको समेत बताउनुभएको छ।