मङ्लबार, बैशाख १८, २०८१

२४ घण्टाभित्र वृद्धि गरेको ब्याजदर घटाउन राष्ट्र बैंकको कडा निर्देशन

काठमाडौ कात्तिक ३,
राष्ट्र बैंकले मनोमानी ढंगबाट मुद्दतीको ब्याजदर व[द्ध गर्ने क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई २४ घण्टाभित्र वृद्धि गरेको ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार अनुरुप कडा निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले जारी गरेको निर्देशन सहितको सकुर्लरमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा १ र २ बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी  ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।

निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख रहेको छ ।