मङ्लबार, बैशाख ४, २०८१

सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासंगै विधिवतरुपमा सकियो वडा दशैं

काठमाडौ कात्तिक ३,
मंगलवार रात्रीको समयमा धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना र बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको कार्यक्रमसकेसंगै वर्ष २०७८को दुर्गापक्ष् अर्थात आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको वडा दशैं विधिवतरुपमा समापन भएको छ ।

वडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका रहिआएको छ ।

त्यस्तै कोजाग्रत पूर्णिमा मङ्गलबार मनाइएपनि पूर्णिमा व्रत भने बुधवार मनाइदै गरेको छ । आजबाट विधिवत कार्तिक स्नान र आकाशदीपदानको कर्म शुरु भएको छ । वैदिक सनातन संस्कार अनुसार कात्तिक मासमा गरिने कुनै पनि किसिमको स्नान र दानको आफैमा पेथक महत्व रहिआएको छ। त्यस्तै आज देखि चार नारायणको मेला समेत शुरु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930