बुधबार, बैशाख २६, २०८१

सक्रिय कोभिड संक्रमितमध्ये ३६८को आइसियुमा र १२० जनाको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं असोज १०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा पिसिआरतर्फ ७३० जना र एन्टीजेन परीक्षण तर्फ १०४ जना गरि उल्लेखित सख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १ हजार २७९ जना संक्रमित निको भई डिस्चार्ज भएको जनाउदै वितेको २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको जनाएको छ।

साथै देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै मन्त्रालयले यसमध्ये ३६८ जनाको आइसियुमा र १२० जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031