शुक्रबार, बैशाख १४, २०८१

सत्ता साझेदार दलवीचको छलफल : जारी अध्यादेश निष्क्रिय बनाउँदै सरकार विस्तार गर्ने सहमति

काठमाडौं असोज १०,

काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको लमो समय भइक्दा समेत सरकार पूर्ण आकारमा विस्तारित बन्न नसक्दा भइरहेको चौतर्फी आलोचनालाइ दृष्टिगत गर्दै आज बसेको सत्ता साझेदार दलवीच भएको छलफलमा यसअघि जारी राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस्तो सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो ।

यसको लागि अव बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सवालमा नितिगत निर्णय गरेसंगै आफ्नो दल समेत सरकारमा सहभागी हुने जानकारी नेता रायले दिनुभयो ।