शुक्रबार, बैशाख ७, २०८१

समितिले प्रतिवेदनमा उल्लेख गरेका सुझावको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण

काठमाडौं असोज १०,
हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई आज प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदन बुझ्दै खाँणले समितिले प्रतिवेदनमा उल्लेख गरेका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता सहित अध्ययनका क्रममा समितिले औंल्याएका विषय कार्यान्वय गर्ने बताउनुभयो ।

सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।