बुधबार, बैशाख २६, २०८१

जनआस्था र बिश्वासको प्रतीक राजमुकुटको सुरक्षा गर्न नेपाल सरकार असफल: महासचिव भण्डारी

जननासो फिर्ता लिन विलम्व नगरौं

काठमाडौं असोज ८,
विश्व हिन्दु महासंघले आज नारायणहिटी दरबार संग्रहालयमा भएको श्रीपेच चोरी घटना प्रकरण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले घटना घटे लगत्तै सामाजीक सञ्जाल मार्फत नारायणहिटी दरबार संग्रहालयमा रहेको राजमुकुट चोरी गर्न भएको प्रयासको निन्दा गर्दै नेपाली जनताको आस्था र बिश्वासको प्रतीक राजमुकुटको सुरक्षा एवम् संरक्षण गर्न नेपाल सरकार असफल भएको दावी गर्नुभएको छ।

त्यस्तै उहाँँले राजमुकुटको संरक्षण राजसंस्थाले मात्रै गर्न सक्छ भन्दै  श्रीपेचको हकदार भनेको राजसंस्थामात्रै भएको जिकिर गर्नुभएको छ।साथै मुलुकको राष्ट्रिय एकता , अखण्डता र सम्प्रभुताको प्रतीक , वैदिक सनातन धर्म, हिन्दु संस्कार संस्कृतिसंगै पूर्विय दर्शन र सभ्यताको निधिका रुपमा रहेको राजमुकुटको सुरक्षा गर्न सरकारले नसकेकोमा दुस्ख  समेत  व्यक्त गरेकी छिन ।

त्यसवेला राजाले जनताको नासोका्  रुपमा  राजमुकुट  केही समय नेपाल सरकारलाई संरक्षणका लागि दिईएको स्मरण सहित   उक्त नासो   फिर्ता लिदै मुलुकलाई संरक्षकत्व प्रदान गर्नका निम्ति महाराधिराज सरकार स्वयम् तत्पर हुनु आवश्यक रहेको समेत उल्लेख गर्नुभएको छ। त्यस्तै नेपाल सरकारले पनि श्रीपेचको संरक्षण गर्न चुकेको अवस्थालाइ दृष्टिगत गर्दै तत्काल महाराजाधिराजलाई फिर्ता गर्न विलम्व नर्गन समेत आग्रह गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031