शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं कांग्रेसको नगर अधिवेशन असोज १६ मा

काठमाडौं असोज ८,
काठमाडौं कांग्रेसको नगर अधिवेशन असोज १६ गते हुने भएको छ । यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँ महानगरको अधिवेशन भने असोज १६ गते शनिबार हुने भएको हो ।

काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जारी गर्नुभएको सूचनामा असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशनको मिति तय गरिएको उल्लेख गरिएको छ।