बिहिबार, चैत्र १५, २०८०

महानगरको तर्फबाट पुर्ननिर्मित सम्पदाको संरक्षण र सञ्चालनको जिम्मा समुदायलाइ :प्रमुख शाक्य

काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख अभिनन्दित

काठमाडौं असोज ९,

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाइ आज एक कार्यक्रमकावीच राजधानीमा अभिनन्दन गरिएको छ । काठमाडौँ महानगरभित्र भएका खड्गी समुदायका बाजा खल र गुठी गरी ७५ वटा समूहको अगुवा गर्दै नेपाल खड्गी सेवा समितिले महानग प्रमुख र उपप्रमुखलाइ अभिनन्द गरेको हो ।

यसवीचमा काठमाडांै महानगरले मूर्त अमूर्त सांस्कृतिक सम्पदा, नेपाल भाषाको संरक्षण र प्रवर्धन, बाजा गुरुहरुलाई प्रोत्साहन तथा आर्थिक अभावमा परम्परागत क्रियाकलाप बन्द हुने अवस्थामा रहेका गुठीलाई संस्कृतिको निरन्तरताका लागि आर्थिक अनुदान जस्ता कामको कदर गर्दै यस किसिमको कार्यक्रमको आयोजना गरिएको आयोज संस्था खड्गी सेवा समितिले जनाएको छ।

अभिनन्दन कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले महानगरभित्रका मौलिकता जोगाउन विवाद रहित कुनै पनि ‘सम्पदाको संरक्षण र प्रवर्धनमा महानगरले हरसंभव सहयोग गर्ने बताउँदै ‘सम्पदा पुननिर्माण महानगरले गर्छ । सञ्चालनको जिम्मा समुदायले लिनुपर्छ । त्यस्तै उहाँले महानगरको लक्ष्य भनेको यहाँकोे सम्पदाको संरक्षण सहित पर्यटनको विकास भएको बताउनुभयो ।

स्मरण रहोस काठमाडौँ महानगरपालिकाले खड्गी गुठीका ४ वटा भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसमध्ये श्री कंग अजिमा तंडं गुठी सबैभन्दा ठूलो संरचना हो । यससँगै मेहरसिंह गुठी, शान्त गुठी र नरसिंह गुठी पनि निर्माण हुनेछन् । यी संरचना पुननिर्माणको लागत करीव ५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी , खड्गी सेवा समितिका संरक्षक मनोज नेवा समितिकी अध्यक्ष अञ्जिता खड्गी लगायतले वोल्नुभएको थियो ।