मङ्लबार, बैशाख २५, २०८१

मुलुकको बजेट इतिहासमै पहिलो घटना:  बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का

काठमाडौ भाद्र ३१,
चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाबाट समयमा पारित नभएसंगै बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको छ । गत साउन ३ गते तत्कालीन केपी ओली सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकको प्रतिस्थान विधेयक बुधबारसम्म पारित भइसक्नुपर्ने समयसिमा बुधबार गुज्रेपछि यस्तो अवस्था सिर्जना भएको हो । जुन मुलुकको बजेट इतिहासमै पहिलो घटना भएको अर्थ विदहरुले बताएका छन ।

यद्यपी सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलनमा भनेकुनै व्यवधान नभएको जानकारीदिदै अर्थमन्त्रालयका अधिकारीहरुले भने -अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नेक्रममा ल्याएको प्रतिस्थापन विधेयक प्रतिपक्षी दलले संसदमा सिर्जना गरेको गतिरोधका कारण प्रभावित भएको बताए ।

यसैवीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जारी अवरोध हटाउन प्रयास भइरहेको र त्यसले छिट्टै प्रतिस्थापन विधेयक पारित हुने बताउनुभयो । साथै अवको चरणमा अर्थात असोज ४ गते बस्ने प्रतिनिधि सभा बैठकबाट विधेयक पारित गराउने तयारी रहेको जानकारी दिदै प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले अनुमोदन गर्नु पर्ने प्रावधान संविधानत कायम रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031