मङ्लबार, बैशाख २५, २०८१

काँग्रेसको वडा अधिवेशन: महानगर वडा न .१५ मा प्यानल घोषणा सहित बढ्यो चुनावी सरगर्मी

काठमाडौं भाद्र १९,
नेपाली काँग्रेसको आसन्न् १४ औं महाधिवेशन अन्र्तगतको प्रारम्भिक वडा अधिवेशनको शुक्रबारबाट सुरु भएको छ । यसवीचमा क्रियाशील सदस्यता सूची सार्वजनिक भएका ५६ जिल्लामध्ये शुक्रवार ३५ जिल्लामा वडाअधिवेशन सम्पन्न भएको छ । काठमाडौं लगायत २१ जिल्लाको सदस्यता सूची सार्वजनिक हुन बाँकी रहेको अवस्थाका वीच पनी विभिन्न जिल्लामा चुनावी माहौलको सरगर्मी ह्वात्तै बढेको छ ।

यसै क्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८ अन्र्तगत वडा इकाइ समिति मध्ये ३ सय ७८ जना क्रियाशील सदस्य रहेको महानगर १५ वडा इकाइ समितिमा आज दुइ अगल समूहको उम्मेदवारी घोषणासंगै पृथक ढंगको चुनावी माहौल शुरु भएको छ। प्राप्त जानकारी अनुसार दुवै समूहका प्रत्याशीहरुले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको विजयलाइ शुनिश्चित बनाउनुको अलावा पार्टीको स्थानीय संगठनलाइ चलायमान बनाउदै जनवृतमा पार्टीको उपस्थितीको प्रत्याभूति दिलाउनुलाइ प्रमुख एजेन्दा बनाएका छन ।

 त्यस्तै अधिकांश जिल्लाका वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुँदै गर्दा काठमाडौं महानगरको वडा न १५ मा देखिएको प्रतिस्पर्धात्मक चुनावी माहौल सहित एकातर्फ  कमला डंगोल नेतृत्वको प्यानल  अर्को तर्फ जीवन डंगोलको प्यानल  चुनावी मैदानमा उत्रेका छन । त्यस्तै कमला डंगोल नेतृत्वको प्यानललाइ  वहालवाला इकाइ सभापति राजु खरेल, प्रदेश सभा सदस्यका उम्मेदवार देवरत्न डंगोल ,जिल्ला सदस्य  अमिन पाण्डे संगै  क्षेत्र न ८ का  सभापतिको  समेतको    समर्थन रहेको छ भने जीवन डंगोलको प्यानललाइ महाधिवेशन प्रतिनिधी तेवेन्द्ररत्न शाक्य , क्षेत्र न ८ प्रदेश ख का सभापति जनक कपाली लगायतका नेताहरुको साथ रहेको छ

यसवीचमा यी दुवै समुहले आ आफ्नो जीत शुनिश्चित भएको दावी गर्दै गर्दा नेतृत्वमा आउन चाहने व्यक्तिको अभिव्यक्ति शैली देखि संगठनलाइ जीवन्त तुल्याउन् निर्वाह गर्नु पर्ने भूमिका संगै भोलीका दिनमा विपक्षी दलसंगै प्रतिस्प्रर्धामा खरो उत्रन सक्ने र हाम्रो भन्दा राम्रो र सक्षम नेतृत्व रोज्न सक्ने नेतृत्वको चयनमा स्थानीय काँग्रेसका क्रियाशील सदस्यको विवेकले कस्तो भूमिका निर्वाह् गर्छ त्यो भने प्रतिक्षाको विषय नै भएको   छ ।

प्राप्त सूचना अनुसार जीवन डंगोलको प्यालनबाट उपसभापतिमा राजा डंगोल , मथुराकुमारी मान्नन्धर { शाक्य }, सचिवमा मधुसुदन मानन्धर र सुरज बास्कोटा , सह सचिवमा नविन सिंह,  सपना सुनवार रहेकी छिन भने कमला डंगोल प्यानलबाट उपसभापतिमा अनिल पाण्डे ,तारादेवी सिंह, सचिवमा बावुकाजी मानन्धर , अशोक खनाल त्यस्तै सहसचिवमा सागर ढकाल र सविन्द्र अमात्य रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031