शुक्रबार, बैशाख १४, २०८१

नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या १० हजार नाघ्यो

 काठमाडौं भाद्र १९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

आज पुष्टि भएका संक्रमित संगै नेपालमा कुल कोभिड संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ। त्यस्तै यसवीचमा २ हजार १९५ जना संक्रमित उपचार पछि डिस्चार्जभएसंगै निको हुने संक्रमितको संख्या ७ लाख २५ हजार ६५१ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्ते वितेको २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएसंगै मन्त्रालयले दिएको जानकारी खनुसार कोभिड संक्रमणका कारण
मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको जनाएको छ।