शुक्रबार, चैत्र १६, २०८०

४ किलो २१.४९ ग्राम सुन सहित विश्वकर्मा र खाती पक्राउ

बाँके भाद्र १९, नेपालगंज उपमहानगरपालिका २० राझाँ एअरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा झापा खादुनावारी गाविस ६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस २ ठेगाना भएका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् ।

श्री एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगंज आएका उनीहरुलाई नेपालगंज विमानस्थलको आगमन कक्ष वाहिर शंकास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन जस्तो देखिने २ थान विस्कुट गरि जम्मा ६ थान विस्कुट काँचो सुन ३ किलो ९९४ ग्राम र खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान [तौल २७.४९ ग्राम ]गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।