मङ्लबार, बैशाख १८, २०८१

उपत्यकामा जारी निषेधाज्ञाका प्रावधानमा परिमार्जनका लागि प्रजिअहरुको संयुक्त बैठक बस्दै

काठमाडौ भाद्र १६,

कोभिड संक्रमणको चेन व्रेकका लागि उपत्यकामा जारी निषेधाज्ञाको समय सिमा आज मध्यरात्रीबाट सकिदै गर्दा जारी निषेधाज्ञा अवधि थप गर्ने रात्रीकालीन व्यवसाय र उपत्यकाका विद्यालयहरु सञ्चालनका विषयमा निगित निर्णयका लागि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ ।

प्रजिअहरुको संयुक्त बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै निषेधाज्ञाको समय थप गर्नुको अलावा जोखिमको मूल्याङ्कन सहित विद्यालय सञ्चालनका सवालमा समेत नितिगत निर्णय गर्ने तयारी रहेको सम्वद्ध स्रोतले जनाएको छ।