शुक्रबार, बैशाख १४, २०८१

दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री खाँणको प्रतिबद्धता

काठमाडौँ भाद्र १५ ,
दार्चुलाको तुइन घटनाको छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई घटनाको स्थलगत अध्ययन सहित तयार पारेको प्रतिवेदन बुझाएको छ ।  मन्त्रालयले घटना घटे लगत्तै सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरिएको थियो ।

त्यस्ते आज बुझाएको प्रतिवेदनमा प्रस्तुतु घटनामा भारतीय सशस्त्र सीमा बलको संलग्नता रहेको निष्कर्षको पहिचान भएको जिकिर गर्दै सो सम्बन्धमा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको गृह मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

त्यस्तै मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षका जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको र उनको खोजी कार्य लामो समयसम्म जारी रहे पनि अहिलेसम्म फेला नपरेको उल्लेख गरिएको छ।

यसैविच गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्ध जनाएका छन् । कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई मन्त्री खाँणले निर्देशन दिएको छ ।